कांग्रेसमा विभाग गठन र मनोनयनप्रति पौडेल पक्षको आपत्ति « Khabarhub

कांग्रेसमा विभाग गठन र मनोनयनप्रति पौडेल पक्षको आपत्ति


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले हालै पार्टीका विभाग गठन र मनोनयनहरू भएकोमा आपत्ति जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिता विपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरिरहेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

उनीहरूले सभापति देउवा र निर्वाचन समितिको ध्यानकर्षण गराउँदै विभाग गठन र मनोनयनको काम तत्काल रोक्न माग गरेका छन् ।

आगामी फागुनका लागि निर्धारण भएको चौधौँ महाविधेशन प्रभावित पार्ने गरी मनोनयन गरेको उनीहरूको आरोप छ । तीनै जना नेताले संयुक्त हस्ताक्षर गरेर पार्टीको निर्वाचन समितिलाई विरोधपत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ, ‘विधि पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरू अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एवं विभिन्न अचार संहिता विपरीतका मनोनयन र नियुक्तिहरू स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुक साथीहरूलाई आह्वान गर्दछौँ ।’

कांग्रेसको विधानमा विभाग, समिति, विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । चौधौँ महाधिवेशनको नियुक्तिहरू गर्दा महाविधेशन प्रभावित हुने पौडेले पक्षको आशंका छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : २७ बजे

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको