कांग्रेसमा विभाग गठन र मनोनयनप्रति पौडेल पक्षको आपत्ति « Khabarhub

कांग्रेसमा विभाग गठन र मनोनयनप्रति पौडेल पक्षको आपत्ति


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले हालै पार्टीका विभाग गठन र मनोनयनहरू भएकोमा आपत्ति जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिता विपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरिरहेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

उनीहरूले सभापति देउवा र निर्वाचन समितिको ध्यानकर्षण गराउँदै विभाग गठन र मनोनयनको काम तत्काल रोक्न माग गरेका छन् ।

आगामी फागुनका लागि निर्धारण भएको चौधौँ महाविधेशन प्रभावित पार्ने गरी मनोनयन गरेको उनीहरूको आरोप छ । तीनै जना नेताले संयुक्त हस्ताक्षर गरेर पार्टीको निर्वाचन समितिलाई विरोधपत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ, ‘विधि पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरू अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एवं विभिन्न अचार संहिता विपरीतका मनोनयन र नियुक्तिहरू स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुक साथीहरूलाई आह्वान गर्दछौँ ।’

कांग्रेसको विधानमा विभाग, समिति, विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । चौधौँ महाधिवेशनको नियुक्तिहरू गर्दा महाविधेशन प्रभावित हुने पौडेले पक्षको आशंका छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : २७ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले