विमानस्थलको पार्किङ शुल्कमा छुट दिने निर्णय « Khabarhub

विमानस्थलको पार्किङ शुल्कमा छुट दिने निर्णय


१ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल सञ्चालन गर्ने कम्पनीलाई चैत एक गतेदेखि लकडाउन खुलेको एक महिनासम्मको विमानस्थल पार्किङ शुल्क ७५ प्रतिशतले मिनाहा गर्ने निर्णय गरेको छ ।

यस्तै विमान कम्पनीले भाडामा लिएका विमानस्थलभित्रका सटर भाडामा पनि ७५ प्रतिशत छुट हुने भएको छ । पार्किङ शुल्क सन् २०२० को डिसेम्बरसम्ममा तिर्न सकिने र त्यो अवधिसम्म विलम्ब शुल्क नलाग्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : ११ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि