पशुपतिनाथका भट्ट हटाउने सोच छैन : पशुपति क्षेत्र विकास कोष « Khabarhub

पशुपतिनाथका भट्ट हटाउने सोच छैन : पशुपति क्षेत्र विकास कोष


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति नाथ मन्दिरमा कार्यरत भट्टहरू हटाउने कुनै सोच नरहेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले पशुपतिनाथ मन्दिरमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भन्दै विभिन्न अनलाइन न्यूज पोर्टलमा समाचार आएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्ति मार्फत सदस्यसचिव ढकालले भनेका छन्, ‘नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं ।’

नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, अध्यात्मिक, सामाजिक र सांस्कृतिक रूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै कोषले त्यस्ता भ्रामक समाचारकापछि नलाग्न सबैमा अनुरोध पनि गरेको छ ।

कोषले जारी गरेको विज्ञप्ति पढ्नुहोस् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : ३० बजे

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि