होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प « Khabarhub

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी देशहरूले युद्धपोत पठाए वा नपठाए पनि त्यसलाई अमेरिका ‘सम्झिरहने’ बताएका छन्।

आइतबार ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त मार्गको सुरक्षा अमेरिका लामो समयदेखि सम्हाल्दै आएको बताएका हुन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज क्षेत्रमा युद्धपोत पठाएर सुरक्षा व्यवस्थामा सहभागी हुन आग्रह गरेका थिए।

ट्रम्पले अमेरिका स्वयंलाई होर्मुजको मार्ग त्यति आवश्यक नभए पनि विश्वका धेरै देशका लागि यो अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि यो जलडमरू मार्ग प्रमुख मानिन्छ।

उनले हाल युद्ध समाप्त भइसकेको र इरान को सैन्य क्षमता कमजोर भएको दाबी गर्दै यस्तो अवस्थामा अन्य देशहरू पनि सुरक्षामा सहभागी हुनु उपयुक्त हुने बताए।

ट्रम्पले करिब दुई साताअघि  युनाइटेड किङडमका प्रधानमन्त्रीले आफ्ना दुई विमानवाहक पोत होर्मुज पठाउन हिचकिचाएको प्रसंग पनि उल्लेख गरे। उनका अनुसार अमेरिका युद्धमा अग्रसर भएर स्थिति नियन्त्रणमा ल्याएपछि मात्रै बेलायतले जहाज पठाउन चाहेको जनाएको थियो।

‘जब हामीले युद्ध सुरु गर्दै थियौँ, त्यस बेला मलाई उनीहरूको सहयोग आवश्यक थियो,’ ट्रम्पले भने, ‘तर अहिले युद्ध जितिसकेपछि उनीहरूको आवश्यकता छैन। सहयोग मिले वा नमिले पनि हामी त्यसलाई सम्झिरहनेछौँ।’

ट्रम्पको यो अभिव्यक्तिले होर्मुज क्षेत्रको सुरक्षामा अन्तर्राष्ट्रिय सहयोगबारे नयाँ बहस सुरु हुने संकेत गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ४२ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ