साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध | Khabarhub Khabarhub

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले साउन ४ देखि विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरी सचेत गराएको छ ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ देखि हुने भारी वर्षा तीनदेखि चार दिन रहने विभागले जनाएको छ ।

त्यस अवधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताइन् ।

यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गरे । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।

यही साउन ३ गतेसम्म मौसम सामान्य जस्तै छ । सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना छ । तर आइतबारदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँछ । मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्ष हुनेछ ।

जसका कारण बाढी पहिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ ।

बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । यसअघि असार २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भीषण वर्षा भएको थियो । उक्त अवधिमा वर्षापछि आएको बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भएको छ भने धेरै मानिसहरु हराइरहेका छन् ।

मुलुकमा गएको असार महिनामा मात्रै बाढी पहिरोमा परेर एक सयभन्दा बढीको ज्यान गुमाएका छन् भने ४५ बढी हराइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो ।

आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि ठूलो जनधनको क्षति भयो । यो बीचमा विशेषगरी पहिरोले धेरै मानिसको ज्यान लिएको छ । हराइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राहत र उद्धार तथा पुनःस्थापनको काम तीव्र पारिएको जनाएका छन् ।

यसपटक भने असरमा आधारित सूचना प्रणाली अपनाइएकाले भारी वर्षा हुने मात्रै सूचना नदिएर कुन ठाउँमा कस्तो असर गर्छ भन्ने सूचनासमेत सार्वजनिक गर्ने गरिएको प्राधिकरणका प्रमुख पोखरेलले बताए ।

त्यसकारण धेरै स्थानबाट पूर्वसूचना प्रणालीको प्रशंसासमेत भएको छ । उनले अहिलेदेखि नै सम्बन्धित स्थानीय तह, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयदेखि सम्बद्ध सङ्घसंस्थासँग समन्वयमा आवश्यक पूर्वतयारी गरिएको बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ९ : ०२ बजे

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक’ 

पाटन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय