रेमिट्यान्स तीन प्रतिशतले घट्यो « Khabarhub

रेमिट्यान्स तीन प्रतिशतले घट्यो


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म विप्रेषण आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको पछिल्लो विवरणअनुसार गत आवको जेठ मसान्तसम्म रु सात खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३५.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो । विश्वव्यापी रुपमा कोरोना महामारीका कारण प्रमुख श्रम गन्तव्य समेत समस्यामा परेकाले नेपाली कामदारले विप्रेषण पठाउन नपाएका हुन् । गत जेठ मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमीआई रु आठ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।

यस्तै बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल गेडागुडी, सुर्तीजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ जेठमा ती क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ०८ बजे

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ ।

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

बाँके – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु