कोरोना भाइरस : विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृत्यु भएको छ । ३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४६ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख १९ हजार ५२८ पुगेको छ । त्यसमध्ये ३५ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १८ हजार ६६१ जनाको मृत्यु भएको छ । ५५ लाख ७७ हजार ५२२ जना संक्रमित भएकोमा ४२ लाख ७० हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७४ हजार ५२८ जनाको मृत्यु भएको छ । ५२ लाख १६ हजार ५३० जना संक्रमित भएकोमा ३७ लाख ४८ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ३७७ जनाको ज्यान गएको छ भने ११ लाख १२ हजार ७३२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख २७ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०५ जनाको मृत्यु भएको छ । २५ हजार १३२ जना संक्रमित भएकोमा १५ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १५ बजे

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको