कुटपिटबाट गर्भमै शिशुको मृत्यु « Khabarhub

कुटपिटबाट गर्भमै शिशुको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सात महिने शिशुको शनिबार मृत्यु भएको छ ।

कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ ।

घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : २४ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल