रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप « Khabarhub

रुसले उत्पादन थाल्यो कोरोनाविरुद्धको खोप


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप विश्वमै सबैभन्दा पहिला विकास गरेको दावी गर्दै आएको रुसले खोपको पहिलो खेप उत्पादन गरेको छ ।

केही मुलुकका वैज्ञानिकहरुले भने रुसलाई खोप उत्पादनका लागि हतारमा अनुमति दिएर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमाथी खेलवाड गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन । खोपको तेस्रो चरणको परीक्षण बिना नै उत्पादनको अनुमति दिइएको बीबीसीले उल्लेख गरेको छ ।

तेस्रो चरणको परीक्षणमा हजारौं मानिसहरुलाई सहभागी गराइन्छ । खोपले औपचारिक रुपमा मान्यता पाउने या नपाउने भन्ने विषयमा यो चरण निकै महत्पूर्ण मानिन्छ । तर रुसले भने यहि महिनाको अन्त्यसम्म खोप आउने र यो खोप विश्वकै पहिलो कोरोनाविरुद्धको खोप हुने दावी गर्न छाडेको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिनले पनि खोप बारे निकै जोड दिंदै यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको बताएका छन । आफ्नी छोरीलाई पनि यो खोप लगाइएको बताउँदै, खोप लगाएपछि छोरीलाई राम्रो महसुस भएको उनले जानकारी दिएका छन । उत्पादनसमेत सुरु गरिसकेको यो खोपको नाम रुसले ‘स्पुतनिक–५’ राखेको छ ।

स्पुतनिक अन्तरिक्षमा गएको पहिरो रसियाली भू–उपग्रहको नाम हो । ‘स्पुतनिक–५’ भ्याक्सिन विकास गरेको गामेलाय ईन्स्टिच्युटले डिसेम्बरदेखि जनवरीसम्म प्रति महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्ने बताएको छ ।

अमेरिका, ब्राजिल, भारतलगायतका मुलुकहरु कोरोनाबाट अधिक मात्रामा प्रभावित छन । अमेरिका र ब्राजिलले त यो भ्याक्सिन प्रयोग नगर्ने घोषणा नै गरिसकेका छन । भारतले पनि यो खोप प्रयोग गर्ने नगर्ने बारे कुनै औपचारिक धारणा ब्यक्त गरिसकेको छैन । तर फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने, ‘स्पुतनिक–५’ भ्याक्सिनमाथी पूर्ण रुपमा विश्वास ब्यक्त गर्दैै आफ्नो मुलुकमा लागु गर्ने बताएका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ५४ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका