पूजा–प्रकाश विवाद: सात संघको कार्यक्रम बहिष्कार गर्ने निर्णयमा फिल्मकर्मीकै विरोध « Khabarhub

पूजा–प्रकाश विवाद: सात संघको कार्यक्रम बहिष्कार गर्ने निर्णयमा फिल्मकर्मीकै विरोध


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माको शारीरिक बनावटलाई कार्यक्रम ‘रजतपट’ मा सञ्चालक प्रकाश सुवेदीले टिप्पणी गरेपछि उनी विवादमा तानिएका छन् ।

आफ्नो चरित्रहत्या गरेको भन्दै कलाकार शर्माले उनी र कार्यक्रमविरुद्ध उजुरी दिएकी छिन् । उनले चलचित्र निकट विभिन्न संघसंस्था र एपिवान टेलिभिजनमा समेत उजुरी दिएकी छिन् ।

पूजाको उजुरीमार्फत सञ्चालक सुवेदीले कार्यक्रमबाट माफी मागिसकेका छन् ।

यता नेपाल चलचित्र कलाकार संघसहित सात संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै रजतपटबाट प्रसारण भएको कार्यक्रमले मानवताको धज्जी उडाएको निष्कर्ष निकाल्दै कलाकारलाई कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका छन् ।

कलाकारले भने चलचित्र क्षेत्रका सात जिम्मेवार संस्थाले यस्तो खाले टिप्पणी गर्नु अशोभनीय भएको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘यो प्रवृत्तिको रोकथामका लागि प्रवृत्तिका सूत्रधारहरुलाई कानुनी दायरामा ल्याउन हामी पछि नपर्ने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं ।’

साथै विज्ञप्तिमार्फत चलचित्रकर्मीलाई ‘रजतपट’ नामक कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएको छ ।

जिम्मेवार संघको यस्तो विज्ञप्ति आएपछि कलाकारहरुले यो निर्णयमा विरोध जनाएका हुन् ।

निर्देशक प्रदीप भट्टराईले यसलाई ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय’ भनेका छन् । ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो पो लाग्यो है, सात संस्थाको निर्णय,’ उनले भनेका छन् ।

यस्तै कलाकार नीता ढुंगानाले यो निर्णयलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेकी छिन् ।

कलाकार रेखा थापाले पनि बहिष्कारको निर्णयमा असहमति जनाएकी छिन् । ‘निषेधले निषेध जन्माउँछ, बहिष्कारले बहिष्कार जन्माउँछ, ताल्चा बजारमा जति पनि पाइन्छन्, मैले मेरो गेटमा लगाउँछु भने अरुले पनि आफ्नो गेटमा लगाउन सक्छन्,’ उनी भन्छिन् ।

अन्य कलाकार र चलचित्रकर्मीले पनि यो निर्णयको विरोध जनाएका छन् । रंगपत्रकार र समीक्षकले पनि यो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ५६ बजे

खानेपानी आयोजना निर्माण अगाडि बढेपछि स्थानीय खुसी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ

‘अर्थतन्त्र सुधार्न संरचनात्मक सुधारको खाँचो छ’

काठमाडौँ– सबैभन्दा पहिला त हामीले नीति निर्माण गर्न सकेनौँ भने

राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो

काठमाडौँ-  राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ ।

जरिवाना तिरेपछि जेलमुक्त, साउदीबाट स्वदेश फर्के गुरुङ  

दोहा – साउदी अरबको जेलमा रहेका एक नेपाली स्वदेश फर्किएका