पूजा–प्रकाश विवाद: सात संघको कार्यक्रम बहिष्कार गर्ने निर्णयमा फिल्मकर्मीकै विरोध « Khabarhub

पूजा–प्रकाश विवाद: सात संघको कार्यक्रम बहिष्कार गर्ने निर्णयमा फिल्मकर्मीकै विरोध


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माको शारीरिक बनावटलाई कार्यक्रम ‘रजतपट’ मा सञ्चालक प्रकाश सुवेदीले टिप्पणी गरेपछि उनी विवादमा तानिएका छन् ।

आफ्नो चरित्रहत्या गरेको भन्दै कलाकार शर्माले उनी र कार्यक्रमविरुद्ध उजुरी दिएकी छिन् । उनले चलचित्र निकट विभिन्न संघसंस्था र एपिवान टेलिभिजनमा समेत उजुरी दिएकी छिन् ।

पूजाको उजुरीमार्फत सञ्चालक सुवेदीले कार्यक्रमबाट माफी मागिसकेका छन् ।

यता नेपाल चलचित्र कलाकार संघसहित सात संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै रजतपटबाट प्रसारण भएको कार्यक्रमले मानवताको धज्जी उडाएको निष्कर्ष निकाल्दै कलाकारलाई कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका छन् ।

कलाकारले भने चलचित्र क्षेत्रका सात जिम्मेवार संस्थाले यस्तो खाले टिप्पणी गर्नु अशोभनीय भएको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘यो प्रवृत्तिको रोकथामका लागि प्रवृत्तिका सूत्रधारहरुलाई कानुनी दायरामा ल्याउन हामी पछि नपर्ने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं ।’

साथै विज्ञप्तिमार्फत चलचित्रकर्मीलाई ‘रजतपट’ नामक कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएको छ ।

जिम्मेवार संघको यस्तो विज्ञप्ति आएपछि कलाकारहरुले यो निर्णयमा विरोध जनाएका हुन् ।

निर्देशक प्रदीप भट्टराईले यसलाई ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय’ भनेका छन् । ‘रिसको झोंकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो पो लाग्यो है, सात संस्थाको निर्णय,’ उनले भनेका छन् ।

यस्तै कलाकार नीता ढुंगानाले यो निर्णयलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेकी छिन् ।

कलाकार रेखा थापाले पनि बहिष्कारको निर्णयमा असहमति जनाएकी छिन् । ‘निषेधले निषेध जन्माउँछ, बहिष्कारले बहिष्कार जन्माउँछ, ताल्चा बजारमा जति पनि पाइन्छन्, मैले मेरो गेटमा लगाउँछु भने अरुले पनि आफ्नो गेटमा लगाउन सक्छन्,’ उनी भन्छिन् ।

अन्य कलाकार र चलचित्रकर्मीले पनि यो निर्णयको विरोध जनाएका छन् । रंगपत्रकार र समीक्षकले पनि यो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ५६ बजे

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार

काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिनको सूत्र- धनीलाई बजार, गरिबलाई राज्य

काठमाडौं उपत्यकाको १९ प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहेको क्षेत्र

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

एजेन्सी– दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका