‘सडक २’ को गीतमा पनि डिसलाइकको वर्षा | Khabarhub Khabarhub

‘सडक २’ को गीतमा पनि डिसलाइकको वर्षा


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘सडक २’ को गीत ‘तुम से ही’ रिलिज भएको छ ।

ट्रेलरपछि यो गीतले पनि अनलाइनमा लाइकभन्दा बढी डिसलाइक पाएको छ । गीत रिलिज भएको केही घण्टामै लाखौंले डिसलाइक गरेका छन् ।

गीतमा आदित्य रोय कपूर र आलिया भट्टको शीर्ष भूमिका रहेको छ । गीतमा उनी एक गायकका रुपमा देखिएका छन् । यसअघि उनले ‘आशिकी २’ मा यस्तै खाले भूमिका निभाएका थिए ।

महेश भट्टको फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज भएदेखि यो समाचार तयार पार्दासम्म ८ लाखले हेरेका छन् ।

सन् १९९१ को हिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ मा आदित्य र आलियाका अलावा सञ्जय दत्तको पनि शीर्ष भूमिका छ ।

यो फिल्म भारतमा बहस भइरहेको नेपोटिज्मको मारमा परेको छ । २८ अगस्तमा ओटीटी प्लेटफर्ममा रिलिज हुने यो फिल्मले कस्तो प्रतिक्रिया पाउने छ, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३२ बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा