भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त « Khabarhub

भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ ।

आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो ।

भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सहायकरथी राणालाई १ करोड ७२ लाख जरिवाना गर्ने निर्णयसमेत सैनिक अदालतले गरेको छ ।

नेपाली सेनाको विज्ञप्तिमा जनाइएअनुसार सैनिक अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको गरिएको हो ।

‘आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सेनाले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १२ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी