भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त « Khabarhub

भ्रष्टाचार अभियोगमा सेनाका सहायक रथीसहित ३ जना बर्खास्त


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ ।

आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो ।

भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सहायकरथी राणालाई १ करोड ७२ लाख जरिवाना गर्ने निर्णयसमेत सैनिक अदालतले गरेको छ ।

नेपाली सेनाको विज्ञप्तिमा जनाइएअनुसार सैनिक अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको गरिएको हो ।

‘आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सेनाले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १२ बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य