बिहेको प्रलोभन देखाएर लाखौं ठग्ने अफ्रिकी युवक ठमेलबाट पक्राउ  « Khabarhub

बिहेको प्रलोभन देखाएर लाखौं ठग्ने अफ्रिकी युवक ठमेलबाट पक्राउ 


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर विहे गर्ने भन्दै ठूलो मात्रामा रकम ठगी गर्ने एक अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक युवतीले दिएको उजुरीका आधारमा उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

ती युवतीले दिएको उजुरीअनुसार अफ्रिकन युवकले पटक-पटक गरी ४८ लाख रुपैयाँ ठगेको पाइएको छ ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले अफ्रिकी देश रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको हो ।

इन्टाग्राममा मार्क एरोन नाम गरेका व्यक्तिले केही महिना पहिलादेखि ती नेपाली युवतीसँग इन्टाग्रममा कुराकानी गर्ने गरेका थिए ।

ती युवकले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र विहे गर्नेसम्मको प्रलोभन देखाएका थिए ।

विहे गर्ने पक्कापक्की जस्तै भएपछि उनले युवतीलाई उपहारस्वरुप हिराको औंठी, घडी, सुनको सिक्री र दुई लाख तीस हजार पाउन्ड नगद पठाउने बताएको अनुसन्धानबाट खुलेको छ ।

युवतीलाई विश्वासमा दिलाउन उनले सबै सामानको फोटोसमेत खिचेर इन्टाग्राममा पठाएको पाइएको छ ।

उनले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक-पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउन लगाए। ती व्यक्तिले भनेजसैगरी युवतीलै ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पनि पठाइन्।

पैसा पाएपछि उनी फरार भएका थिए । त्यसपछि मात्र आफू ठगिएको ती युवतीलाई पत्तो भयो र उनी प्रहरी गुहार्न पुगिन् ।

कोस्टा पक्राउ परेकै दिन पनि उनले एक युवतीबाट ३७ हजार रुपैयाँ समेत ठगी गरेको पाइएको महाशाखाले जनाएको छ।

कोस्टाले नक्कली नोटसमेत बनाउने गरेको पाइएको छ। नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागजसमेत उनीबाट बरामद गरिएको महाशाखाले जनाएको छ।

प्रहरीले उनको साथबाट ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९०० अमेरिकी डलर, एटिएम कार्डहरु, ल्यापटप, नक्कली मुद्रा जस्तो देखिने १ हजारका नोट ३ थान, विभिन्न देशका मुद्रा, नककली नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, केमिकल, टेपलगायतका सामानहरु बरामद गरेको छ ।

पक्राउ परेका कोस्टालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु भएको छ। पक्राउ परेका कोस्टा गत फागुन २४ गते नेपाल आएको पाइएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ५४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा