कतारमा कोरोना प्रतिबन्ध सम्बधि चौथो चरणको दोस्रो भाग सुरु « Khabarhub

कतारमा कोरोना प्रतिबन्ध सम्बधि चौथो चरणको दोस्रो भाग सुरु

१८ नेपालीसहित २०८ को मृत्यु



दोहा- कतारले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्ध क्रमश: हटाइदै लागेको छ । कतारले यसअघि सेप्टेम्बर १ अर्थात चौथो चरणदेखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको भए पनि चौथो चरणलाई विभिन्न भागमा विभाजन गरेको थियो ।

चौथो चरणको पहिलो भाग समाप्त भएसंगै मंगलबारदेखि दोस्रो भाग सुरु भएको कतारको विपत व्यवस्थापन समितिले जनाएको छ । पत्रकार सम्मेलन गर्दै समितिले कोरोनाको खोप निर्माण नहुँदासम्म सावधानी अपनाउनुपर्ने जनाएको छ ।

कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारले चौथो चरणको दोस्रो भागदेखि ३० प्रतिशत सिनेमा हल तथा थियटर खोल्न दिने भएको छ । जसमा १८ वर्षभन्दा मुनिकालाई प्रवेश दिइने छैन । त्यस्तै हेल्थ क्लब, जिम सेन्टर तथा सार्वजनिक स्वीमिङ पुल ३० प्रतिशत खुल्ने जनाएको छ ।

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख २२ हजार २१४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १९ हजार १४४ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाका कारण २०८ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा सक्रिय संक्रमितको २ हजार ८६२ रहेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : १९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको