कतारमा कोरोना प्रतिबन्ध सम्बधि चौथो चरणको दोस्रो भाग सुरु « Khabarhub

कतारमा कोरोना प्रतिबन्ध सम्बधि चौथो चरणको दोस्रो भाग सुरु

१८ नेपालीसहित २०८ को मृत्यु



दोहा- कतारले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्ध क्रमश: हटाइदै लागेको छ । कतारले यसअघि सेप्टेम्बर १ अर्थात चौथो चरणदेखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको भए पनि चौथो चरणलाई विभिन्न भागमा विभाजन गरेको थियो ।

चौथो चरणको पहिलो भाग समाप्त भएसंगै मंगलबारदेखि दोस्रो भाग सुरु भएको कतारको विपत व्यवस्थापन समितिले जनाएको छ । पत्रकार सम्मेलन गर्दै समितिले कोरोनाको खोप निर्माण नहुँदासम्म सावधानी अपनाउनुपर्ने जनाएको छ ।

कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारले चौथो चरणको दोस्रो भागदेखि ३० प्रतिशत सिनेमा हल तथा थियटर खोल्न दिने भएको छ । जसमा १८ वर्षभन्दा मुनिकालाई प्रवेश दिइने छैन । त्यस्तै हेल्थ क्लब, जिम सेन्टर तथा सार्वजनिक स्वीमिङ पुल ३० प्रतिशत खुल्ने जनाएको छ ।

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख २२ हजार २१४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १९ हजार १४४ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाका कारण २०८ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा सक्रिय संक्रमितको २ हजार ८६२ रहेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : १९ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज