अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्यो, कोरोना जस्तै लक्षण « Khabarhub

अज्ञात रोगका बिरामीको सङ्ख्या बढ्यो, कोरोना जस्तै लक्षण

स्वास्थ्य संस्थामा औषधि अभाव


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए ।

गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताए ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उनले बताए । औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै