उपचाररत क्रिकेटर भण्डारीलाई राखेपले आर्थिक सहयोग गर्ने « Khabarhub

उपचाररत क्रिकेटर भण्डारीलाई राखेपले आर्थिक सहयोग गर्ने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले दुर्घटनामा घाइते भएका क्रिकेटर ललित सिंहलाई भेटेका छन्।

मंगलबार बेलुका सदस्य सचिव सिलवाल राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्कासहितको टोलीले क्रिकेटर भण्डारीलाई ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेर भेटेका हुन्।

भेटका क्रममा सदस्य सचिव सिलवालले उपचारका क्रममा लाग्ने खर्चमा राखेप र नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।

क्रिकेटर भण्डारीको उपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई सदस्य सचिव सिलवालले आग्रह गरेका छन्।

`तपाईंहरु कुनै चिन्ता नलिनुस्। राम्रोसँग उपचार गर्नुस्,´ सदस्य सचिव सिलवाललाई उद्वत गर्दै नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामाले भने ।

यस्तै सिलवालले क्रिकेटर भण्डारीकी पत्नीलाई आर्थिक रुपमा लाग्ने खर्चमा राखेपले पनि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन्। के के आवश्यक पर्छ भन्नू होला राखेपले सहयोग गर्नेछ सदस्य सचिव सिलवालले भने।

गएको आइतबार कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाइकल ट्रकसँग ठोकिएपछि उनको दायाँ हात र दाहिने खुट्टा फ्याक्चर भएका छन्।

साथै उनको फोक्सोमा पनि समस्या रहेको हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन्। तर, फाइनल रिपोर्ट आइसकेको छैन । आईसीयुमा रहेबा उनको आजबाट अप्रेसन सुरु हुने बताइएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ५७ बजे

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक