कुलमानको बिदाइको समाचारले ‘खिन्न’ अमृत गुरुङ « Khabarhub

कुलमानको बिदाइको समाचारले ‘खिन्न’ अमृत गुरुङ


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सकेर मंगलवार बिदा भए ।

उनको पुनःनियुक्तिको माग गर्दै कलाकारहरुले पनि आवाज उठाएका थिए । जनस्तरबाट कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्ति गर्नुपर्ने आवाज उठेको थियो ।

कुलमानले चार वर्षमा अर्बौं घाटामा रहेको संस्थालाई नाफामा पुर्‍याएका थिए भने घण्टौंसम्म हुने लोडसेडिङ पनि उनकै पालामा हटेको थियो ।

गायक अमृत गुरुङले कुलमानलाई पुनःनियुक्ति नदिएको समाचारले आफू दुःखी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसूबकमार्फत आफ्नो विचार व्यक्त गर्दै कुलमानको बिदाइको समाचारले खिन्न भएको बताएका हुन् ।

‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुशी भएको थिएँ, अहिले कुलमानको बिदाइको समाचारले खिन्न भएँ,’ अमृत गुरुङ भन्छन्, ‘म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ, राम्रो गर्नेलाई राम्रो भन्दा इर्ष्याको शिकार हुने परिपाटी शुरु भएको हो भने अब त्यो पनि भन्न भएन, यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न