एक वर्षअघि हत्या गरी गाडिएको शव फेला, श्रीमतीले नै हत्या गरेको खुलासा  « Khabarhub

एक वर्षअघि हत्या गरी गाडिएको शव फेला, श्रीमतीले नै हत्या गरेको खुलासा 



नवलपुर– पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १८ हुर्चिल (साविकको रतनपुर) का ४२ वर्षीय धनबहादुर सुगरपार्कको हत्या भएको एक वर्षपछि गाडिएको अवस्थामा कंकाल भेटिएको  छ ।

धनबहादुरको हत्या भएको आशंकामा उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । सोधपुछका क्रममा धनबहादुरको हत्या गरी शव गाडिएको रहस्य खुल्यो ।

अभियुक्तले भनेकै स्थान, घरबाट झण्डै एक किलोमिटर टाढा, सुन्दरी सामुदायिक वनमा मंगलबार प्रहरीले उत्खनन् गरी मानव कंकाल फेला पारेको छ ।

प्रारम्भिक अनुसन्धानपछि उत्खनन् गरी निकालिएको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

के थियो घटना ?

धनबहादुर एक वर्षअघि घरबाटै बेपत्ता भएका थिए । तर, परिवारजनले बेपत्ता भएको कतै खबर गरेनन् । २०७६ असार २० गतेदेखि धनबहादुर बेपत्ता भए पनि परिवारले खबर नगरेपछि गाउँलेलाई थाहा हुने कुरा भएन ।

महिनौँसम्म पनि धनबहादुर नदेखिएपछि स्थानीयवासीले शंका गर्नु स्वाभाविक थियो । घटनाको १४ महिनापछि स्थानीयवासीको मौखिक उजुरीकाआधारमा प्रहरीले धनबहादुरकी पत्नी फूलमायाँलाई सोधपुछका लागि बोलायो ।

प्रहरीको फेला परेपछि फूलमायाले हत्या गरेको स्वीकार गरिन् । उनले हत्यामा आफूमात्र नरहेको भेद पनि खोलिन् । उनले स्थानीयबासी ४० वर्षका मेखबहादुर सुनारीको समेत हत्यामा संलग्न रहेको प्रहरीलाई बयान दिइन् ।

फूलमायाकै बयानका आधारमा धनबहादुरको हत्या भएको १४  महिनापछि मेखबहादुरलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार परपुरुषसँग लहसिएकी फूलमायाले पतिले सम्बन्धबारे थाहा पाएपछि धनबहादुरको हत्या गर्ने योजना बनाइन् । फूलमाया र मेखबहादुरले धनबहादुरको घरमै हत्या गरी शव नजिकैको सामुदायिक वनमा लगेर धनबहादुरलाई गाडे ।

प्रहरीका अनुसार दुई जनाको सम्बन्ध धनबहादुरले थाहा पाएपछि उनीहरुले हत्या गरी जंगलमा लगेर शव गाडेको थिए ।

नगरपालिकाको दुर्गम पहाड

पूर्वपश्चिम राजमार्गको भेडाबारीबाट झण्डै पाँच घण्टाको पैदल यात्राबाट मात्रै घटनास्थल पुग्न सकिन्छ । साविकको पहाडी गाविस रतनपुर हुर्चिल अहिलेको गैँडाकोट नगरपालिकाको १८ नम्बर वडामा पर्छ ।

हुर्चिल पुग्न पहाडी कच्चीबाटो भएकाले वर्षामा हिँडेर पुग्न समेत निकै मुश्किल पर्छ । पहाडी गाउँको पातलो बस्ती एक गाउँबाट अर्को गाउँ पुग्नसमेत धेरै हिड्नुपर्ने बाध्यता रहेको ठाउँमा नगर प्रहरीको पहुँच पुग्दैन ।

प्रहरीसँगको बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर आफ्नो पतिको हत्या गरी शव गाडेको बताएपछि सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको थियो ।

यही भदौ २९ गते पक्राउ परेका फुलमाया सुगुरपाक र मेखबहादुर सुनारीलाई नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपसमेत गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता खाँडले बताए ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : ५७ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश