लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि « Khabarhub

लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतले लिम्पियाधुरासहितको नेपाली भूमिमा आफ्नो सैन्य गतिविधि बढाएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएपछि लिपुलेक लगायतका क्षेत्रलाई लक्षित गर्दै भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पिथौरागढ जिल्लाअन्तर्गत राखेको छ । पिथौरागढसहितका तीन जिल्लामा हवाई प्रतिरक्षा राडार स्थापना गर्न लागेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

उत्तराखण्डका पिथौरागढ, उदिमसिंह नगर र चम्पावतको सीमा नेपालसँग जोडिएका छन् । चीनसँग सीमा जोडिएको चमोली र उत्तरकाशीमा पनि एयर डिफेन्स राडार राख्ने तयारी भारतले गरेको छ ।

उत्तरखण्ड राज्य सरकारले वायु प्रतिरक्षा राडारसँगै एडभान्स ल्यान्डिङ ग्राउन्डका लागि पनि भारतीय वायु सेनालाई जमिन उपलब्ध गराउने तयारी गरेको छ ।

भारतले गत वैशाख अन्तिममा नेपाली भूमि लिम्पियाधुरासहितको क्षेत्रबाट सडक निर्माण गरेपछि नेपालले कूटनीतिक नोट पठाएर सो कदमको विरोध गरेको थियो । पछि नेपालले उक्त क्षेत्र समेटर नयाँ नक्सा नै जारी गरिसकेको छ ।

भारतले भने नेपाली भूमिमाथिको अतिक्रमण त्यागेको छैन । भारतले कालापानी क्षेत्रमा मात्रै सैनिक र अर्धसैनिक बलका गरी ५ हजार जवान रहेको इन्डो—तिब्बत बोर्डर फोर्सको क्याम्प राखेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : १२ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल