लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि « Khabarhub

लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतले लिम्पियाधुरासहितको नेपाली भूमिमा आफ्नो सैन्य गतिविधि बढाएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएपछि लिपुलेक लगायतका क्षेत्रलाई लक्षित गर्दै भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पिथौरागढ जिल्लाअन्तर्गत राखेको छ । पिथौरागढसहितका तीन जिल्लामा हवाई प्रतिरक्षा राडार स्थापना गर्न लागेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

उत्तराखण्डका पिथौरागढ, उदिमसिंह नगर र चम्पावतको सीमा नेपालसँग जोडिएका छन् । चीनसँग सीमा जोडिएको चमोली र उत्तरकाशीमा पनि एयर डिफेन्स राडार राख्ने तयारी भारतले गरेको छ ।

उत्तरखण्ड राज्य सरकारले वायु प्रतिरक्षा राडारसँगै एडभान्स ल्यान्डिङ ग्राउन्डका लागि पनि भारतीय वायु सेनालाई जमिन उपलब्ध गराउने तयारी गरेको छ ।

भारतले गत वैशाख अन्तिममा नेपाली भूमि लिम्पियाधुरासहितको क्षेत्रबाट सडक निर्माण गरेपछि नेपालले कूटनीतिक नोट पठाएर सो कदमको विरोध गरेको थियो । पछि नेपालले उक्त क्षेत्र समेटर नयाँ नक्सा नै जारी गरिसकेको छ ।

भारतले भने नेपाली भूमिमाथिको अतिक्रमण त्यागेको छैन । भारतले कालापानी क्षेत्रमा मात्रै सैनिक र अर्धसैनिक बलका गरी ५ हजार जवान रहेको इन्डो—तिब्बत बोर्डर फोर्सको क्याम्प राखेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : १२ बजे

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको