शिक्षामन्त्रीलाई कांग्रेस नेता गगन थापाको २१ बुँदे सुझाब « Khabarhub

शिक्षामन्त्रीलाई कांग्रेस नेता गगन थापाको २१ बुँदे सुझाब


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस सांसद गगन थापाले संसदभित्र पार्टीले दिएको छायाँ शिक्षामन्त्रीको हैसियतमा कोभिड संकटको समयमा विद्यालय शिक्षा निरन्तरता सम्बन्धमा विभिन्न सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

थापाले सबै समुदायको अवस्था एउटै नरहेकाले विद्यालय सञ्चालन मापदण्ड बनाई स्थानीय सरकारहरूलाई स्वास्थ्य संस्थासँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालय तत्काल सञ्चालन गर्ने, अनलाइन लगायतका वैकल्पिक विधिहरू प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

उनले कुनै पनि प्रविधिको पहुँचमा नरहेका सीमान्तकृत समुदायका विद्यार्थीलाई सिकाइको विशेष प्याकेज ल्याउन पनि माग गरेका छन् । कोभिड—१९ संकट सुरु भएपछि गत वैशाखदेखि नै विद्यालयहरूमा पठनपाठन बन्द हुदा ८७ लाखभन्दा बढी विद्यार्थी घरैमा बस्न बाध्य छन् । वैकल्पिक तरिकाबाट सिकाइ अगाडि बढाउन गरिएका प्रयासहरू निकै सीमित विद्यार्थीमा मात्र पुग्न सकेको छ ।

सांसद थापाले २०७७ वैशाखको अन्तिम साता नै विज्ञ र सरोकारवालासँगको परामर्शमा ‘कोभिड–१९ को प्रभावको न्यूनीकरण गर्दै सबैका लागि सिकाइ’ शीर्षकको नीतिपत्र बुझाएका थिए । सरकारले असार १ गतेदेखि नै सिकाइ चालु गर्ने भनेर सिकाइ सहजीकरण निर्देशिका ल्याए पनि प्रभावकारी हुन सकेको छैन ।

हालै शिक्षा मन्त्रालय असोज १ देखि शैक्षिक सत्र सुरु गर्ने भन्दै नयाँ निर्देशिका ल्याएको छ । सांसद थापाले सो निर्देशिका माथि र अन्य थुप्रै सवालमा विज्ञ एवम सरोकारवालासँगको परामर्शबाट सुझावहरू तयार गरेको बताएका छन् ।

विद्यालय शिक्षा अगाडि बढाउन आवश्यक इच्छाशक्ति र तदारुकता सरकारले नदेखाएर शैक्षिक सत्र नै खेर जाने खतरा बढेकाले आफु थप चिन्तित बनेको थापाको भनाइ छ । उनले १३ वटा शीर्षकमा २१ वटा सुझाव दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३८ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल