गौहत्याको आरोपमा बालिका पक्राउ, बाबुले गरे आत्महत्या | Khabarhub Khabarhub

गौहत्याको आरोपमा बालिका पक्राउ, बाबुले गरे आत्महत्या



बाग्लुङ्– बाग्लुङको ढोरपाटन नगरपालिका १ खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा प्रहरीले बालिकालाई पक्राउ गरेपछि बालिकाका बाबु ३८ वर्षीय तीलबहादुर कुमालले आत्महत्या गरेका छन् ।

कुमालले बिहीबार राति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा तीलबहादुरको छोरी १५ वर्षीया सुष्मिता कुमालसहित १० जनालाई पक्राउ गरेको थियो । प्रहरीले बाबुआमाकै अगाडि छोरीलाई लछारपछार गर्दै लगेपछि बाबुले आत्महत्या गर्न पुगेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

‘नाबालिका छोरीलाई पक्राउ गरी पञ्चायती शैलीमा प्रहरीले धरपकड गर्नु निन्दनीय हो,’ स्थानीय नीलबहादुर पुनले खबरहबसँग भने ।

गौहत्याको आरोपमा प्रहरीले सुष्मितासहित दीपेन्द्र कुमाल, रामलाल कुमाल, कमल कुमाल, प्रकाश कुमाल, अर्जुन कुमाल, यामकमारी कुमाल, प्रेमबहादुर कुमाल, असारी कुमाल, गोपाल कुमाल, कमल श्रेष्ठ र धरम श्रेष्ठलाई पक्राउ गरेको थियो ।

बालिका छोरीलाई प्रहरीले पक्राउ गरेकै कारण बाबुले आत्महत्या गर्न पुगेको भन्दै स्थानीय शव उठाउन दिएका छैनन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

बारीको भिरबाट खसेर मरेको गोरु सबै गाउँले मिलेर खाएको खप्तरीबाङ्ग कुमाल गाउँबासीहरु बताउँछन् । तर प्रहरीले भने गौहत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेका सबैलाई गौहत्याको मुद्दा अघि सारिएपछि आन्दोलन चर्किने भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता राजेन्द्रप्रसाद रेग्मीले पक्राउ परेका सबैलाई स्थानीय जनप्रतिनिधिको जिम्मामा छाडिएको बताए । पक्राउ परेका सबैलाई गौहत्याको हत्याको अभियोगमा मुद्दा चलाइएको स्थानीय अखिल नेपाल मगर राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय निलबहादुर पुनले बताए ।

बिनाशर्त उनीहरुलाई छाड्नुपर्ने स्थानीयको माग छ ।

गाउँका सोझा कुमालहरुलाई गौहत्याको आरोपमा पटक पटक पक्राउ गर्ने र यातना दिने गरेको पुनको भनाई छ ।

नेपालमा गाइको मासु खाने र गाइको मासुले पितृ पुज्ने आदिबासी जनजातिहरु परम्परा नै रहेको पुनले बताए ।

यस्तै, क्रान्तिकारी माओवादी गण्डकी प्रदेशका सेक्रेटरी केशबहादुर परियारले पनि विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी निमुखा गरिब असहाय उत्पीडित उपेक्षितहरुलाई लगाइएको झुटा आरोप खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ३६ बजे

‘नो केबलकार समूह’ ले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं–  ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

आजदेखि नेमकिपाको आठौँ महाधिवेशन

भक्तपुर– आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरु

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार

काठमाडौं – प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

काठमाडौँका यी स्थानमा काटिँदै छ आज बिजुली

 काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर