उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिरमा « Khabarhub

उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिरमा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघले जनाएको छ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ। उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघको भनाइ छ। यस्तै १२ गते बन्द सत्र हुनेछ।

१३ गते निर्वाचन हुने महासंघले जनाएको छ। त्यसका लागि तीन ठाउँ तोकिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ५९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको