सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि « Khabarhub

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font


विराटनगर-
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत बेलबारी नगरपालिका–८ का १७ वर्षीय प्रज्वल ढकाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

कांग्रेसको वडा अधिवेशनबाट ढकाल पार्टी विधानमा रहेको ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थाअनुसार क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्। कम उमेरमै पार्टीको क्षेत्रीय प्रतिनिधि बन्न सफल ढकाललाई नेपालकै कान्छो क्षेत्रीय प्रतिनिधिका रूपमा दाबी गरिएको छ।

१७ वर्षकै उमेरमा कांग्रेसको संगठनात्मक संरचनामा महत्वपूर्ण जिम्मेवारी पाएका ढकालको निर्विरोध चयनले पार्टीभित्र नयाँ पुस्ताको सहभागितालाई समेत चर्चामा ल्याएको छ।

युवापुस्तालाई राजनीतिमा आकर्षित गर्ने उद्देश्यले कांग्रेसले विधानमै ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेपछि आफूजस्ता युवालाई पार्टीको मूलधारमा प्रवेश गर्ने अवसर मिलेको ढकाल बताउँछन्।

उनका अनुसार कांग्रेसको पछिल्लो व्यवस्थाले ‘जेन-जी’ पुस्तालाई समेत पार्टीसँग जोडिने वातावरण तयार गरेको छ। युवालाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउँदै लैजान सके आगामी दिनमा कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण अझ बढ्ने उनको विश्वास छ।

ढकालले भने, ‘कांग्रेसले विधानमै युवाको प्रतिनिधित्व सुनिश्चित गरेर नयाँ पुस्तालाई राजनीतिमा आउने अवसर दिएको छ। अहिलेको यो व्यवस्थाले जेन्जी पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ। युवाको सहभागिता र प्रतिनिधित्वलाई अझ बलियो बनाउँदै लैजाने हो भने सम्पूर्ण जेन्जी पुस्ताको मन कांग्रेसले जित्न सक्छ भन्नेमा म विश्वस्त छु।’

ढकालको निर्विरोध चयनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रवेश र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ। १७ वर्षकै उमेरमा क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएका ढकालले आगामी दिनमा पार्टी संगठनमा युवाको सहभागिता र नयाँ पुस्ताका मुद्दालाई कसरी अघि बढाउँछन् भन्ने विषयमा समेत चासो बढेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : ५० बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका