नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।

चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । तर, राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानेछ।

नेपालले बंगलादेशसँग नोभेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नोभेम्बर ११ र १९ मा नेपालले बंगलादेशसँग खेल्नेछ।

कोरोना महामारीका कारण नेपाली खेलकुद पछिल्लो ७ महिनादेखि ठप्प छ। यस अवधिमा कुनै पनि खालका खेलका प्रतियोगिता भएका छैनन्। तर, टोकियो ओलम्पिक छनोट खेल्ने खेलाडीहरुले भने पटक पटक अभ्यास गर्दै रोकिँदै हुँदै आएको छ।

यसअघि अखिल नेपाल फूटबल संघ ( एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । तर, उपत्यकामा निषेधाज्ञा जारी भएपछि अन्तिम समयमा अभ्यास रोकिएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ४९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा