नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।

चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । तर, राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानेछ।

नेपालले बंगलादेशसँग नोभेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नोभेम्बर ११ र १९ मा नेपालले बंगलादेशसँग खेल्नेछ।

कोरोना महामारीका कारण नेपाली खेलकुद पछिल्लो ७ महिनादेखि ठप्प छ। यस अवधिमा कुनै पनि खालका खेलका प्रतियोगिता भएका छैनन्। तर, टोकियो ओलम्पिक छनोट खेल्ने खेलाडीहरुले भने पटक पटक अभ्यास गर्दै रोकिँदै हुँदै आएको छ।

यसअघि अखिल नेपाल फूटबल संघ ( एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । तर, उपत्यकामा निषेधाज्ञा जारी भएपछि अन्तिम समयमा अभ्यास रोकिएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ४९ बजे

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल