बलिउड नायिका हेमा मालिनीका बारेमा २५ रोचक जानकारी « Khabarhub

बलिउड नायिका हेमा मालिनीका बारेमा २५ रोचक जानकारी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेमा मालिनी बलिउड फिल्म उद्योगमा सुन्दरताका कारण सधै चर्चामा रहन्छिन् । आफ्नो करिअरका दौरान उनले एकसे एक हिट फिल्म दिएकी छिन् ।

उनका बारेमा २५ तथ्य जानौं:

– हेमा मालिनीकी आमा जया चक्रवर्ती जतिबेला गर्भवती थिइन्, त्यतिबेला उनलाई छोरा हुन् कि छोरी भन्नेबारे थाहा थिएन । तर, उनी छोरी जन्मिनेमा यति विश्वस्त थिइन् कि, उनले छोरीको नाम नजन्मँदै हेमा मालिनी राखेकी थिइन् ।

– हेमाकी आमा जयाले गर्भावस्थामा हुँदा आफ्नो कोठामा दुर्गा, सरस्वती, लक्ष्मीका अनेक चित्र टाँसेकी थिइन् ।

– हेमाकी आमा एक राम्री नर्तकी बन्न चाहन्थिन् । तर, बन्न सकिनन् । आफ्नी छोरीलाई उनले सर्वोत्तम नर्तकी बनाउन चाहन्थिन् ।

– हेमा मालिनी पढाइमा होसियार थिइन् । इतिहास पढ्न उनलाई रमाइलो लाग्थ्यो ।

– हेमाले १० कक्षाको परीक्षा पनि दिन पाइनन् । किनकि, उनलाई लगातार अभिनयको प्रस्ताव आइरह्यो ।

– चौध वर्षको उमेरमा हेमाको घरमा फिल्म निर्माताहरु आउन थाले । निर्माता–निर्देशक श्रीधरले फोटो सेसनका लागि सारी लगाउन भने । – सारी यसकारण कि, हेमा उमेरभन्दा बढी देखाउन सकियोस् ।

– हिन्दी फिल्ममा हेमा मालिनीलाई पहिलो अवसर ‘सपनोंका सौदागर’ मा मिल्यो । फिल्ममा हिरो राज कपूर थिए । जो उमेरमा हेमाभन्दा बढी बूढा देखिन्थे ।

– राज कपूरले हेमालाई भनेका थिए – एक दिन यो युवती फिल्मकी धेरै ठूलो स्टार बन्नेवाला छे ।

– सन् १९७० मा रिलिज भएको ‘जोनी मेरा नाम’ बाट हेमालाई गम्भीरताका साथ लिन थालियो । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

– आफ्नो करिअरको शुरुवातमा हेमाले धर्मेन्द्रका साथ तुम हसीं मैं जवां, शराफत, नया जमाना लगायत केही फिल्ममा काम गरिन् । यी फिल्म बक्स अफिसमा खासै चलेनन् तर हेमा र धर्मेन्द्रको जोडी रुचाइयो ।

– ‘सीता र गीता’ नामक फिल्ममा हेमा मालिनीले दोहोरी भूमिका निभाइन् । यो फिल्मले हेमालाई अग्रपंक्तिकी नायिका साबित गर्‍यो ।

– हेमाको सुन्दरता देखेर उनलाई ड्रिम गर्ल भन्न थालियो । यही नामको एक फिल्म हेमाकी आमाले बनाएकी थिइन् ।

– हेमा मालिनीको सौन्दर्यको जादु कैयन् फिल्म अभिनेतामाथि पनि चल्यो । जीतेन्द्र र सञ्जीव कुमार जस्ता अभिनेताले हेमासँग बिहे गर्न चाहन्थे ।

– धर्मेन्द्र, राजेश खन्ना, जीतेन्द्र र अमिताभ बच्चनका साथ हेमाको जोडी खुबै रुचाइएको थियो ।

– हेमा मालिनीले ‘दिल आशना है’ नामक फिल्म निर्देशन गरिन् । यो फिल्मबाट उनले शाहरुख खानलाई अवसर पनि दिइन् ।

– सन् २००४ मा हेमा मालिनी भारतीय जनता पार्टीमा सामेल भइन् । उनले राजनीतिक यात्रा पनि थालिन् ।

– अभिनेत्री हुनाका साथै हेमा एक कुशल नृत्यांगना पनि हुन् । उनले भरतनाट्यम, कुचिपुडी र ओडीसीमा विधिवत प्रशिक्षण लिएकी थिइन् ।

– फिल्मफेअर अवार्डमा हेमा मालिनीको नाम ११ पटक छनोटमा परेको थियो । तर, उनले ‘सीता और गीता’ का लागि एकपटक मात्र अवार्ड जितिन् ।

– सांसद बनेपछि हेमा जहाँ पनि चुनाव प्रचारका लागि गइन् । सबैले उनलाई सोले फिल्मको बसन्तीको संवाद सुनाउन आग्रह गर्थे ।

– राज कपूरले फिल्म ‘सत्यम् शिवम् सुन्दरम’ को रोल पहिले हेमा मालिनीलाई अफर गरेका थिए । फिल्ममा धेरै अंग प्रदर्शन गर्नुपर्ने दृश्य भएपछि उनले रिजेक्ट गरेकी थिइन् ।

– पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले हेमाको फिल्म ‘सीता और गीता’ कैयन् पटक हेरे । हेमाको दोहोरो भूमिका उनले खुबै रुचाए ।

– हेमा आफ्नो सुन्दरता जोगाइराख्नका लागि हरेक दिन योग र व्यायाम गर्ने गर्छिन् ।

– सप्ताहमा दुईपटक हेमा उपवास बस्छिन् । त्योमध्ये एक दिन शुक्रवार हुन्छ ।

– हेमाको रोजाइमा कांजीवरम् साडी, चमेली फूल र थोरै ज्वेलरी पर्छ ।

– फिल्म ‘बागबान’ मा हेमाको सुन्दरता देखेर अमिताभ बच्चनले भनेका थिए – आज पनि तपाईं आफ्नी छोरीभन्दा धेरै जवान लाग्नुहुन्छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : ५१ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको