जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक | Khabarhub Khabarhub

जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि जेसिबी ब्रान्ड हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भर्चुअल प्रविधिमार्फत नयाँ एक्जाभेटर जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।

कोभिड–१९ ले निम्त्याएको जोखिमलाई दृष्टिगत गरेर कम्पनीले जेसिबी नेपालको फेसबुक पेजमा लाइभ लञ्च गरेको हो ।

एक्जाभेटर नेपालको कठोर भू–वनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले बताएको छ । यसमा ‘नेक्स्ट लेभल फिचर’ हरू पनि राखिएको छ । जेसिबी एनएक्सटी २२१ एलसी २१ दशमलव ५ टनको शक्तिशाली एक्जाभेटर हो । यसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।

पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट जडान गरिएको कम्पनीले जनाएको छ ।

यसमा बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पुर्याउँछ ।यसमा ७ इन्चको एलसीडी डिस्प्ले छ, जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्टजस्ता जानकारी दिन्छ । एक्जाभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभ लिंक जडान गरिएको छ, जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ ।

यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोलजस्ता फिचर छन् । ३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डर क्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ ।

साथै, यसमा इरर कोड र मल्टिकलर वार्निङ एलर्टसहित एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम पनि छ । यस सिस्टमले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिटजस्ता सूचना दिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : ४८ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता