चिनियाँ ठेक्का रहेको चाकु ‘ए’ जलविद्युतको समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण « Khabarhub

चिनियाँ ठेक्का रहेको चाकु ‘ए’ जलविद्युतको समाचार संकलनमा गएका पत्रकारमाथि आक्रमण


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको निमार्णाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात भएको छ ।

चिनियाँ नागरिकले ठेक्का पाएको जलविद्युत आयोजनले थुप्रै स्थानीयलाई विस्थापित गरेको थियो ।

ठेकेदारबाट परिचालित तरिकाले विस्थापित नागरिकको उचित व्यवस्था समेत नभएको स्थानीयको गुनासो छ ।

यसरी स्थानीयलाई नै संकटमा पारेका बेला उनीहरुको आवाज बाहिर ल्याउँन गएका पत्रकारहरुमाथि समेत ठेकेदारबाटै परिचालित ढंगले आक्रमण एवं हातपात भएको जनाइएको छ ।

असोज २७ गते सामाचार संकलन गर्न गएका गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईमाथि २०७७ असोज २७ गते आयोजनाका कर्मचारीहरुले हातपात गरेका हुन् ।

उनीहरुले काठमाडौंबाटै समाचार संकलनका लागि गएका पत्रकारहरुको सवारी साधन समेत तोडफोडको प्रयास गरेका थिए ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले पत्रकारमाथि आक्रमण गरेको थियो ।

पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

यस्तो छ महासंघद्वारा जारी विज्ञप्ति

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भिनएको छ, ‘नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको छ ।’

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पुर्याउने यस्ता घटनाको कडा भर्त्सना गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यसैबीच नेपाल प्रेस युनियनले समेत पत्रकारमाथि भएको आक्रमणको  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा अराजक समुहले पत्रकारहरुलाई हातपात गर्दै उनीहरु चढेको गाडीसमेत तोडफोड गर्न खोजेको घटनाले मौलाउँदो दण्डहिनतालाई देखाएको छ, जुन सभ्य समाजमा स्वीकार्न नसकिने उल्लेख गरेको छ ।

प्रेस युनियनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न