सेनाले बोलायो पृतनापति बैठक « Khabarhub

सेनाले बोलायो पृतनापति बैठक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले पृतनापति समन्वयात्मक बैठक बोलाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको जानकारी दिएको हो ।

नेपाली सेनाले गत भाद्रमा उक्त बैठक बोलाउने निर्णय गरेपनि कोभिड-१९ को महामारीका कारण स्थगित भएको थियो ।

पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउनेछन् ।

उनीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिंग गर्नुको साथै कार्यक्षेत्रमा देखिएका चुनौतीको बारेमा पनि जानकारी दिनेछन् । त्यस्तै सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुने नेपाली सेनाले जनाएको छ।

जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट