सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति र गुल्मपति तालिम समापन « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति र गुल्मपति तालिम समापन


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिमको समापन गरेका छन ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्दै फौजी संगठनमा यस्ता व्यावसायीक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गरे ।

उनले व्यक्तिगत वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वासव्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा चेन अफ कमाण्ड र टिम स्पिरिटको विशेष महत्व रहने चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुमा रहेको ज्ञान सिपहरु मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सकिएमा कार्यक्षेत्रमा खटिँईदा सहज रुपमा कार्यसम्पादन गर्न सकिने तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद्विपद्मा परेका नागरिकको सहयोगमा प्रभावकारिता आउने बताए।

दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन् ।

यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकी सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन् ।

उक्त तालिमहरुमा प्रशिक्षणको दौरान विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा समेत सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ५५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा