नेशन्स लिगको पहिलो चरणबाटै बाहरियो इंग्ल्याण्ड | Khabarhub Khabarhub

नेशन्स लिगको पहिलो चरणबाटै बाहरियो इंग्ल्याण्ड


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्याण्ड नेशन्स लिग फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

समूह ए टू अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएको इंग्ल्याण्डको फाइनल चरणको सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १०औँ मिनेटमा युरी टिएल्मन्सले गोल गरे ।

यस्तै २३औँ मिनेटमा ड्राइज मर्टेन्सले गरेको गोल नै इंग्ल्याण्डका लागि पर्याप्त रह्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमसँग २–० ले हारेसँगै इंग्ल्याण्डको फाइनल चरण खेल्ने सपना टुटेको छ ।

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा छ । सात अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

सोही समूहमा १० अंकसहित डेनमार्क दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई