पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपात « Khabarhub

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपात


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले अहिले देशका केही प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा भने हल्का देखि मध्यम हिमपातको पूर्वानुमान गरिएको छ ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई स्थानहरु र  गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : १० बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा