सावधानी अपनाएर चाडपर्व मनाऔँ- प्रधानमन्त्री ओली « Khabarhub

सावधानी अपनाएर चाडपर्व मनाऔँ- प्रधानमन्त्री ओली


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साबधानी अपनाएर चाडपर्व मनाउन आह्वान गरेका छन् ।

तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेको उल्लेख गरेका छन् ।

तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउनसमेत उनले आह्वान गरेका छन् ।

महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै प्रधामन्त्रीले सन्देशमा सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ५५ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा