यमपञ्चकको आज मुख्य दिन, ११:३७ को उत्तम साइतपछि लगाउन थालियो भाइटीका « Khabarhub

यमपञ्चकको आज मुख्य दिन, ११:३७ को उत्तम साइतपछि लगाउन थालियो भाइटीका


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको आज अन्तिम तथा मुख्य दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि समितिले मध्याह्न ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम तोकेपछि सोही बमोजिम टीका लगाउन थालिएको छ ।

भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको उनले बताए ।

कता फर्केर लगाउने टीका ?

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

 तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुने दाजुभाइ भने रानीपोखरीस्थित बालगोपेलेश्वर मन्दिरमा पुगी टीका लगाउँदै छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : ४० बजे

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोगभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष