रानीपोखरीमा यसरी लगाइयो भाइटीका (फोटो फिचर) « Khabarhub

रानीपोखरीमा यसरी लगाइयो भाइटीका (फोटो फिचर)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज यमपञ्चकको मुख्य तथा अन्तिम दिन भाइटीका । बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइतपछि दिदीबहिनीले दाजुभाइलाई टीका लगाइरहेका छन् ।

दाजुभाइ नहुनेले काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाइरहेका छन् ।

 

भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै पाँच वर्षपछि बालगोपालेश्वर मन्दिर पुगेर टीका लगाउनेको चहलपहल बढेको छ ।

भाइटीका लगाउन रानीपोखरी पुगेकाहरूले स्वास्थ्य सावधानीका उपायस्वरूप मास्क लगाएका छन् ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गरेकोमा यो वर्ष कतिपय नेवार समुदायले भोलि पनि टीका लगाउने भएकाले मन्दिर मंगलबार पनि खुल्नेछ ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : ४२ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका