रानीपोखरीमा यसरी लगाइयो भाइटीका (फोटो फिचर) | Khabarhub Khabarhub

रानीपोखरीमा यसरी लगाइयो भाइटीका (फोटो फिचर)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज यमपञ्चकको मुख्य तथा अन्तिम दिन भाइटीका । बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइतपछि दिदीबहिनीले दाजुभाइलाई टीका लगाइरहेका छन् ।

दाजुभाइ नहुनेले काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाइरहेका छन् ।

 

भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै पाँच वर्षपछि बालगोपालेश्वर मन्दिर पुगेर टीका लगाउनेको चहलपहल बढेको छ ।

भाइटीका लगाउन रानीपोखरी पुगेकाहरूले स्वास्थ्य सावधानीका उपायस्वरूप मास्क लगाएका छन् ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गरेकोमा यो वर्ष कतिपय नेवार समुदायले भोलि पनि टीका लगाउने भएकाले मन्दिर मंगलबार पनि खुल्नेछ ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : ४२ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको