जबरजस्ती करणीका अधिकांश घटना बनावटी | Khabarhub Khabarhub

जबरजस्ती करणीका अधिकांश घटना बनावटी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा पछिल्लो चार महिनाको अवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् ।

पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारीअनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबरजस्ती करणीका जाहेरी मुद्धा दर्ता भएका छन् ।

तीमध्ये चार/पाँच मुद्धाका घटना सहमतिमा सबै काम भएका तर पछि जबरजस्ती करणीमा परिणत प्रकृतिका रहेका छन् । गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मुद्धा दर्ता भएको पाइएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका घटना बढी नै आउने गरेका भए पनि केही मुद्धा कुरो नमिल्दा जबरजस्ती करणीको मुद्धा दर्ताका लागि आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।

सानै उमेरमा प्रेम गर्ने र त्यो सम्बन्ध पछि गएर शारीरिक सम्बन्धको तहमा पुग्ने गरेका कारण पनि जबरजस्ती करणीका घटनासम्म पुग्ने गरेको प्रहरीको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका जबरजस्ती करणीका कयौँ मुद्धामा युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि मद्धा दर्ता गर्नुपर्ने समस्या आउने गरेको प्रहरीको बुझाइ छ ।

यहाँका घटेका घटनामा युवा र युवतीबीच विभिन्न शर्तमा रही शारीरिक सम्बन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पूरा नगरेमा युवतीले आफुमाथि बलात्कार गरेको आरोप लगाउने गरेका घटना पनि देखिन थालेको जोरायल गाउँपालिका–४ का स्थानीयवासी चित्रराज भट्टले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रदेश भरीमा आर्थिक लेनदेन वा अन्य स्वार्थ पुरा नहुँदा बलात्कारका घटनालाई अवास्तविक रुपमा ट्वीस्ट गरेर जाहेरी दिने गरेको पाइएको बताए ।

१८ वर्ष भन्दा मूनिका किशोरीसँग उनको सहमतिमै शारीरिक सम्बन्ध भएको भए पनि कानूनअनुसार त्यो बलात्कार नै हुने हुँदा त्यस्ता मुद्धामा कानूनअनुसार अनुसन्धान गर्न सबै मातहतका प्रहरी निकायमा आफुले दिर्नेशन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : ०५ बजे

बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी सोफिया पोखरामा

पोखरा – बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका

संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद

राष्ट्रियसभा : पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र

भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो

धनगडी– बुधबार झोलुङ्गे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर

ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू)

काठमाडौं– ब्रिटिस गोर्खा सैनिकहरूले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।