पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन « Khabarhub

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ ।

अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउने योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ पुर्‍याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

“बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो”, मन्दिरका कर्मचारी राजेन्द्र महतले भने ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको