यसरी घरभित्रै बनाउनुहोस् गुलाफ जल « Khabarhub

यसरी घरभित्रै बनाउनुहोस् गुलाफ जल


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलाफको फूल जहाँ पनि सहजै फुल्ने फूल मध्ये एक हो । यसले बगैँचाको सुन्दरता बढाँउछ । तर गुलाफको सुन्दरता बाहेक अन्य उपयोगिता समेत छन् ।

गुलाफको जल बनाएर अनुहार तथा केसमा प्रयोग गरे यसले ब्यक्तित्वमा निखार ल्याउनुका साथै अनुहारको सुन्दरता र चमक बढाउँछ । यसले छालाको पीएचको स्तर सन्तुलन राख्नुको साथै छालालाई समेत सफा पार्दछ ।

No description available.

गुलाफ जल बनाउने तरीका

आवश्यक सामाग्री : गुलाफको फूल, पानी र बरफ

विधी
– बगैँचा वा बजारबाट गुलाफको फूल ल्याउने ।
– एउटा ठुलो भाँडामा कचौरा अडिने गरी समतल सफा ढुंगा राख्नुहोस् ।
– त्यस भाँडामा आधा लिटर पानीमा १ सय वटा गुलाफको सफा पत्र राख्नुहोस् ।
– अब त्यस भित्र मज्जाले अडिने गरी ढुंगामाथि पानीले नडुब्ने गरी कचौरा राख्नुहोस् ।
– अब यसलाई आगोमा बसालेर माथिबाट हावा लिक नहुने गरी छोप्नुहोस् ।
– छोपीएको भाँडामाथि बरफका २० वटा जति टुक्रा राख्नुहोस् ।
– पानीमा उम्लेको गुलाफको पत्र छोपिएको ढक्कनमा ठोक्किएर कचौरामा जम्मा हुन्छ ।
– त्यही नै गुलाफ जल हो । यसलाई चिसो हुन दिएर प्रयोग गर्नुहोस् ।

No description available.

गुलाफ जलको फाइदा
१. गुलाफ जलले छालालाई स्वस्थ्य बनाउन सकिन्छ ।
२. गुलाफ जलमा कपास डुबाएर अनुहारमा लगाएमा छालाको फोहोर मैला निस्कन्छ ।
३. नरिवलको तेल गुलाफ जल मिसाएर लगाएमा कपाल नरम, मुलायम र चम्किलो हुन्छ ।
३. कुनैपनि घाउमा गुलाफ जल लगाएमा यसले औषधीमा लाभ पुर्याउँछ ।

No description available.

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय