प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित « Khabarhub

प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससँग पराजित भएको छ ।

मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको छ ।

खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो । वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।

घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६औँ मिनेटमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।

चेल्सी घरेलु लिगमा लगातार दुई खेलमा पराजित बनेको छ । हारसँगै चेल्सी २२ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स २० अंकसहित शीर्ष १० मा उक्लिएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ०१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र