थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो « Khabarhub

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा  थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख ४९ हजार १ सय ३६ पुगेको छ। हाल ४ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ३२ बजे

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर

पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय