हालसम्म ६०९४ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

हालसम्म ६०९४ कोरोना संक्रमित होम आइसोलेसनमा


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

हाल सक्रिय संक्रमित रहेका  ९ हजार ७५७ मध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा ३ हजार २५५ जना संक्रमित होम आइसोलेसनमा छन् भने प्रदेश १ मा ३ सय १३ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी प्रदेश २४४, गण्डकी प्रदेशमा ९६८, लुम्बिनी प्रदेशमा ७९८, कर्णालीमा १०७ र सुदूरपश्चिममा ६०९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मन्त्रालयले काठमाडौँ, ललितपुर र कास्कीमा गरी तीन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : २३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ