चोरीका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण « Khabarhub

चोरीका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज महाशाखामा एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन ।

विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्न ११ व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाएको समेत उनले जानकारी दिए ।

“असुरक्षित पार्किङस्थल, एकान्तस्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी भएको पाइएको छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “धनीले सावधानी अपनाउने हो भने चोरीबाट जोगिन सकिन्छ ।”

उनले अतिरिक्त लक प्रयोग गर्न, घण्टी बज्नेलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यसैबीच महाशाखाले प्रलोभनमा नपरी घुस दिन खोज्ने सवारी चालकलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ ।

महाशाखा तथा मातहतमा कार्यरत २२ प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको