चोरीका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण | Khabarhub Khabarhub

चोरीका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज महाशाखामा एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन ।

विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्न ११ व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाएको समेत उनले जानकारी दिए ।

“असुरक्षित पार्किङस्थल, एकान्तस्थलमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी भएको पाइएको छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “धनीले सावधानी अपनाउने हो भने चोरीबाट जोगिन सकिन्छ ।”

उनले अतिरिक्त लक प्रयोग गर्न, घण्टी बज्नेलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यसैबीच महाशाखाले प्रलोभनमा नपरी घुस दिन खोज्ने सवारी चालकलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ ।

महाशाखा तथा मातहतमा कार्यरत २२ प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०८ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र