‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने « Khabarhub

‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ ।

पोखराको ब्राण्ड बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाउ सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित तीन दिनमात्र तामझामविना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिए ।

“हामीले पर्यटन सम्बद्ध सङ्घसंस्थासँग व्यापक छलफल गर्‍यौँ सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति पायौँ । महामारी जारी रहेकाले स्वास्थ्य सतर्कतासहित तामझामविना मनाउन लागिएको हो”, बरालले भने ।

कार्यक्रमका संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पर्यटन ठप्प छ, अघिल्ला महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक रमाउने महोत्सव अहिले आन्तरिक पर्यटकमाझ केही सीमित कार्यक्रम गरेर मनाउन लागेका छौँ ।”

उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरेर महोत्सव मनाइनेछ । कार्यक्रमका सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने जानकारी दिए ।  महोत्सवस्थलमा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई पनि जोड दिइनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले पोखराका विभिन्न सङ्घसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिए ।

उनले भने, “हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छौँ, उहाँरुले लिखित निर्णय नआए पनि मौखिक अनुमति दिनुभएको छ । अब विस्तारै आसपासका पर्यटकीय गन्तब्य खुल्नेछन् ।”

उनले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूपा, डेभिजफल्सलगायतका गन्तब्य खुला हुने बताए ।

भट्टराईले व्यवसायीका लागि ल्याएको पुर्नकर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४५ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी