प्रधानमन्त्री ओलीले गरे बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले गरे बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन्।

बुधबारको स्थायी  कमिटी बैैठकमा ओलीले उपाध्यक्ष गौतमलाई  प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको एक नेताले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब पालो गौतमकै भएको बताएका थिए।

ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन निर्वाचनबाट ल्याउने कि अघि नै अन्तबाट ल्याउने विषयमा छलफल गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला ।’

ओलीले यसअघि गत वैशाखमा पनि आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिइरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरे‍सँगै दाहाल-नेपाल समूह सशंकित बनेका छन् ।

उनीहरुले  यो प्रस्तावलाई ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति बुनेको निचोड निकालेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ११ बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन