अग्ला गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष « Khabarhub

अग्ला गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् ।

उनले भने, ‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’

राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे ।

अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे ।

यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ४५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट