अग्ला गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष « Khabarhub

अग्ला गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् ।

उनले भने, ‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’

राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे ।

अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे ।

यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना