‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय « Khabarhub

‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामायणकालका एक मुख्य पात्र हुन्– रावण । राक्षसका रुपमा परिचय बनाएका रावण महाज्ञानी तथा प्रकाण्ड विद्वान थिए । यसमा द्विविधा छैन । लंकाका अधिपती रावणले तीनै लोकमा विजय प्राप्त गरेका थिए ।

रावण आफैले आफ्नो ज्ञानलाई रावण संहिता रचना गरी लिपिवद्ध गरेका थिए । रावणद्वारा रचित यस ग्रन्थमा उनको जीवनका बिषयमा बताइएको छ । ज्योतिषशास्त्र र आयुर्वेदसंग जोडिएको रावण संहितालाई ज्ञानको भण्डार मानिन्छ ।

यसका साथै रावण संहिताले ज्ञानका क्षेत्रमा महत्वपूर्ण योगदान समेत गर्दछ । यसमा केही यस्ता खास ज्ञान दिइएको छ, जसको पालन गरे मात्र पनि मनुष्यको जीवन सफल हुने मान्यता छ ।

रावण संहितामा रावणले भनेका छन्, जो व्यक्ति आफ्नो प्रशंसा वा स्तुती सुन्ने चाहना राख्छन् ति व्यक्तिलाई कहिल्यै सफलता प्राप्त हुँदैन । प्रशंसा सुन्न मानिसको कर्म उपयोगी हुन्छ बल हुँदैन । त्यस्तै कुनै व्यक्तिले अप्ठेरो परिस्थितिमा आफ्नो गुरुलाई छाड्दछ उ श्रापत हुने रावण संहितामा उल्लेख छ ।

गुरुको मार्ग अपनाउने तर अप्ठेरोमा साथ छाड्नेहरुको कहिल्यै कल्याण हुँदैन । रावण संहितामा जो व्यक्ति अरुको सम्पत्ति वा समृद्धि देखेर जल्दछन् ति व्यक्ति यस दुनियाँमा एक गरिबका समान हुने बताइएको छ ।

रावणका अनुसार कुनै पनि कार्य गर्नु अघि व्यक्तिले आफूलाई हमेशा विजेता मान्नु पर्दछ । रावण संहितामा रावण आफूले हनुमानलाई सानो सम्झिएर भूल गरेको र त्यही कारणले सुनको लंका नास भएको भन्दै दुष्मनलाई कहिल्यै सानो मान्न नहुने बताइएको छ ।

रावण संहितामा हमेशा पूर्वजलाई सम्मान गर्नुपर्ने र पूजाकर्म गर्दा आफू भन्दामाथि अर्काे कोही छ भन्ने ध्यान राख्नु पर्ने लेखेका छन् । पूर्वजलाई आदर गर्नेहरुले कहिल्यै जीवनमा असफलता भोग्नु नपर्ने उल्लेख छ ।

संहितामा कुनै पनि विवाहित पुरुषले आफ्नो पत्नीलाई कठोर र दुर्भावनापूर्ण शब्द प्रयोग गर्न नहुने बताइएको छ । पत्नी पतिका लागी आधा हिस्सा हुने भएकाले पत्नी भन्दा नजिकको शुभचिन्तक अरु कोही नहुने रावण संहितामा रावणले लेखेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : २७ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा