आज रातिसम्मै पानी पर्ने « Khabarhub

आज रातिसम्मै पानी पर्ने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने मौसमविद्हरुको भनाइ छ ।

आज दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने बताइन् ।

उनका अनुसार पानी दिउँसो एकछिन रोकिएपनि दिनभर र रातभर पर्ने देखिएको छ । भोलि बदली भएपछि क्रमश मौसममा सुधार हुँदै जाने देखिएको छ ।

आज राति पनि देशका केही स्थानहरुमा हल्का बर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

वर्षातसँगै मौसम बदलीका कारण आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङ्मा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा आठ, धनगढी र दिपायलमा समान सात मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १ : २३ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत