नेपालमा छैन कोरोना भाइरस परीक्षण गर्ने उपकरण, कोरोनाको आंशका गरिएका बिरामी डिस्चार्ज | Khabarhub Khabarhub

नेपालमा छैन कोरोना भाइरस परीक्षण गर्ने उपकरण, कोरोनाको आंशका गरिएका बिरामी डिस्चार्ज


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नेपालमा कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको भन्ने हल्ला फैलिएको भन्दै आत्तिनु पर्ने अवस्था नभएको शुक्रराज अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले खबरहबलाई बताए ।

चीनमा पढ्न गएका एक नेपाली युवमा कोरोना भाइरसको आशंका गरिएपनि उनमा सो भाइरस नभएको डा पाण्डेले बताए ।

‘चीनको वुहानबाट स्वदेश फर्किका एक नेपाली युवालाई ज्वरो आएको थियो, चीनमा कोरोना भाइरस रहेकाले उनको कोरोना भाइरसको संक्रमण छ कि भनेर ४ दिन अघिदेखि शुक्रराज अस्पतालमा निगरानीमा राखिएको थियो,’ अस्पतालका निर्देशक डा पाण्डेले खबरहबसँग भने, ‘यहाँ हामीले ४ दिन निगरानीमा राख्यौ तर कोरोना भाइरसको लक्षणहरु देखिएन, ज्वरो पनि आज डिस्चार्ज भएर घर फर्किनु भयो ।’

३२ वर्षका ती युवा चीनमा अध्ययनरत छन् । उनी बिदाको समयमा नेपाल फर्किएका थिए ।

चीनमा कोरोना भाइरस देखिएकाले नेपाल फर्किने नेपालीहरुमा पनि सो रोगको संक्रमण हुनसक्ने आशंकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तराष्ट्र्रिय विमानस्थलमा चीनबाट फर्किने विदेशी तथा नेपाली नागरीकको निगरानी राखेको थियो ।

सोही क्रममा स्वदेश फर्किएका ती युवामा ज्वरो आएको पाइएपछि इपिडिमियोलोजीले कोरोनाको आशंकामा शुक्रराज अस्पतालमा निगरानीमा राखेको थियो ।

शुक्रराज अस्पतालमा ४ दिनअघि भर्ना गरिएका ती युवामा ज्वरो बाहेक कोरोनाको अन्य कुनैपनि लक्षण नदेखिएको र ज्वरो समेत ठिक भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

‘ती युवामा ज्वरो आएको थियो, तर कोरोना भाइरसको संक्रमण हुँदा हुने अन्य लक्षणहरु थिएन, हामीले भिडियो एक्सरे, डेंगु परीक्षण लगायत सबै प्रकारका परीक्षण गर्‍यौं,’ अस्पतालका निर्देशक डा पाण्डेले भने, ‘श्वास फेर्न गाह्रो भएको, निमोनियाको लक्षण देखिएको पाइएन, ज्वरो पनि ठिक भयो त्यसैले डिस्चार्ज गरियो ।’

यद्यपी नेपालमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर परीक्षण गर्ने उपकरण भने नभएको अस्पतालका निर्देशक डा पाण्डेको भनाइ छ ।

‘नेपालमा कोरोना भाइसर अहिलेसम्म देखिएको छैन, त्यसैले नेपालमा यो रोग पत्ता लगाउने प्रविधि पनि छैन,’ अस्पतालका निर्देशक डा पाण्डेले भने, ‘ छिमेकी मुलुकमा यो रोग देखिएकाले नेपालमा पनि भित्रिन सक्छ भनेर हामी सचेत चाँही हुनुपर्ने हुन्छ । तर नेपालमा यसको परीक्षण गर्ने प्रविधि नै छैन । अहिले हामीले छलफल गरेर कोरोना फाइरस पत्ता लगाउने प्रविधि राख्नुपर्छ भनेर छलफल गरेका छौं ।’

के हो कोरोना भाइरस ?

अस्पतालका निर्देशक डा पाण्डेका अनुसार कोरोना भाइरस चीनमा देखिएको थियो । यो भाइरसबाट चीनमा २ जनाको मृत्यु भइसकेको छ । यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, श्वास प्रश्वासमा समस्या आउने र निमोनियको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा असर गरी त्यसले निमोनियाको विकास गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइसरको संक्रमण भएको बिरामीमा टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, घाँटी दुख्ने श्वासप्रश्वासमा समस्या हुने गर्छ । यस्तै ज्वरो आउने कमजोर महसु हुने,दमको समस्या देखिने, थकान हुने समस्याहरु पनि देखिन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १ : ५० बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली